भदौ ७ भित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले मधेश-थरूहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा भनेकी छन्, ‘आउँदो ७ भदौभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोष थारूहरूलाई अविलम्ब न्याय दिलाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

२०७२ साल ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भएको थियो । उक्त घटना थारू समुदाय र सिंगै देशका लागि अत्यन्तै दुखद् र कालो दिन रहेको उनले बताइन् । ‘थारू र पहाडी समुदायबीच भड्काउ पैदा गरेर नरसंहार मच्चाउने पर्दा पछाडिका दोषीहरू को थिए ?’ उनको प्रश्न छ।

यो प्रश्न अहिले पनि अनुत्तरित रहेको भन्दै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *