दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय कमलेश चौधरीको मृत्यु

दाङको तुलसीपुमा भएको दुर्घटनामा परी एक युवाले ज्यान गुमाएका छन्। शुक्रबार बिहान १०ः२५ बजेतिर भएको सवारी दुर्घटनामा परेका ३३ वर्षीय कमलेश चौधरीको मृत्यु भएको हो।

तुलसीपुर-६ गुम्ह्राचोक र मदन आश्रित चोकको बीचमा सडक चौडा पारिए पनि लेन छुट्ट्याइएको छैन। न सडक सुरक्षाका कुनै मापदण्ड छन्। त्यसैले तीव्र गतिमा हुँइकि सवारी साधन अक्सर यहाँ आपसमा ठोक्किइरहन्छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका शुक्रबार अनुसार विपरीत दिशातर्फ गइरहेका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा तीन जना घाइते भएका थिए। तीमध्ये तुलसीपुर उपमहानगरपालिका-१४ ड्वाङपुरका ३३ वर्षीय कमलेशको उपचारका क्रममा बाँकेको नेपालगन्जस्थित न्यूरो हस्पिटलमा अपराह्न पौने ४ बजेतिर मृत्यु भएको हो। तुलसीपुर-६ का ३० वर्षीय वसन्त बस्नेत र २५ वर्षीय विवेक बस्नेत घाइते छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *