तीन दिनदेखि बेपत्ता थिइन् तीन वर्षीया गरिमा चौधरी, सुनसान घरमा भेटियो शव
बाराको जितपुर-सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन्। जितपुर-सिमरामा उपमहानगरपालिका-१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन्। उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन्।
मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली पुगेर अनुसन्धान गर्दा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता निलप्रसाद घलेले जानकारी दिए।
बालिकाको कसैले हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ।
Facebook Comment