गरिमा चौधरी हत्या प्रकरण : गृहमन्त्रीसँग वार्ता गर्न आमा-बुबालाई काठमाडौं लगियो

बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबालाई काठमाडौं लगिएको छ । गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं लगिएको जानकारी गराइएको छ ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो । गरिमाका आमा-बुबालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर एयरपोर्टमा बोर्डिङ पास गराएका छन् ।

उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं लागेको हो । काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *