सुधन गुरुङसँग वार्ता गर्न गृह मन्त्रालय पुगे गरिमा चौधरीका आमा-बाबु
बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन्। उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्याइएको छ।
गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो। छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छन्।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो। काठमाडौ आउनुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए।
Facebook Comment