थाकस दक्षिण कोरियाले प्रधानमन्त्री कोषमा जम्मा गर्यो ६८ हजार १२२ रूपैयाँ
रसुवा बाढीपीडितका लागि थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। सभामा आबद्ध पदाधिकारी तथा सदस्यहरूले प्रारम्भिक चरणमा ६८ हजार १२२ रुपैयाँ सहयोग गरेका हुन्। सभाले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्।
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सभाका अध्यक्ष सुवाषचन्द्र चौधरीले जानकारी दिए।
सभाले विपद्को कठिन घडीमा मातृभूमिमा रहेका नेपालीको दुःखमा साथ दिन सहयोग संकलन गरेको जनाएको छ। परदेशमा रहेर पनि नेपालमा आइपरेको प्राकृतिक विपद्मा सहयोग गर्दै सभाले मानवीय संवेदना, एकता र सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावितको राहत, उद्धार, उपचार तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सभाले जनाएको छ।
Facebook Comment