प्रधानमन्त्री राहत कोषमा थाकसले गर्यो करिब साढे तीन लाख सहयोग
थारू कल्याणकारिणी सभाको केन्द्रीय समितिले रसुवा बाढी पीडितका लागि करिब साढे तीन लाख रुपैयाँ सहयोग गरेको छ।
सभाका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार बुधबार प्रधानमन्त्री राहत कोषमा ३ लाख ४६ हजार ७३९ रुपैयाँ जम्मा गरिएको छ।
सभाले बाढी पीडितका लागि नगद राहत संकलन गरेको थियो। थाकसलाई केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीसहित देश-विदेशबाट आर्थिक संकलन उठेको थियो। सोही उठेको रकमलाई सभाले प्रधानमन्त्री कोषमा जम्मा गरेको हो।

Facebook Comment