आम जनता पार्टीले गर्यो काठमाडौंमा भब्य प्रदर्शन (फोटो फिचर)
आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौंमा भब्य प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकाली-सुन्धारा-वीर हस्पिटल-रत्नपार्क-पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो।
प्रभु साह नेतृत्वको उक्त पार्टीले करको दायरा घटाउनुपर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुनुपर्नेलगायत नारा लगाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
कवाड व्यवसायीहरूलाई दुःख दिएको भन्दै उनीहरूले काठमाडौंका मेयर बालेन साहको राजीनामासमेत मागेका थिए।भ्रष्टाचारको समेत कडा विरोध गर्दै आएको छ।




















Facebook Comment