VIDEO- ९ बुँदे सम्झौतासहित नाउपा र जनमतबीच एकता हुने, नाउपाको अन्तिम बैठकमा रेशमले के भने?
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अन्तिम केन्द्रीय कमिटी बैठकमा विशेष सम्बोधन गरे। उनले पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए।
उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। उनले कतिपय निर्णयमा चित्त नबुझ्दा पनि स्वीकार गर्नुपर्ने अवस्था आउनसक्ने बताए। ‘एउटा घरको मान्छे, अर्को घरको मान्छेसँग सम्झौता गरेपछि धेरै कुरा पचाएर अघि बढ्नुपर्छ,’ उनले भने। यद्यपि उनले पार्टी एकता फुट्नका लागि नगरिएको बताए।
यसैबीच नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच ९ बुँदे सम्झौता पत्रसहित एकता हुन लागेको हो। पार्टीको नाम नागरिक जनमत हुने, नेता-कार्यकर्ताबीच ‘जय नागरिक’ भनेर सम्बोधन गरिने, चुनाव चिन्ह ढकिया राख्ने, एकतापछिको केन्द्रीय समिति ७०० सदस्यीय बनाउने र दुवै पार्टीबाट ५०-५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने, केन्द्रीय कार्यकारिणी समिति ५६ सदस्यीय बनाउने, जसमा दुवै पार्टीबाट २५-२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय रहने।
त्यस्तै १७ गते पार्टी एकतापछि प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरिएको छ। वैशाख १९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय भएको हो।
Facebook Comment