पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।
मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ।

Facebook Comment