थारू आरक्षण र राजनीतिक सहमति कार्यान्वयन गराउन थाकसले प्रधानमन्त्री ओलीलाई बुझायो ज्ञापन पत्र

थारू कल्याणकारिणी सभा (थाकस)ले प्रधानमन्त्री केपी शर्मा ओ‍लीलाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायका माग मुद्दाका सबालमा सरकारसँग भएका विभिन्न माग मुद्दाको कार्यान्वयनका निम्ती मंगलबार साँझ थाकसले ज्ञापन बुझएको हो।

त्यस्तै निजामती विधेयकमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबमोजिम थारू आरक्षणको व्यवस्था गर्न पनि थाकसले ध्यानाकर्षण गराएको । संविधानले व्यवस्था गरेको समानुपाति समावेशीताको हक अधिकार बमोजिम थारूको जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गर्न अदालतले दिएको आदेश कार्यान्वय गर्न ज्ञापन पत्र बुझाएको थाकसका सभापति प्रेमीलाल चौधरीले बताए।

त्यस्तै सरकार र थारूबीच भएको ६ बुँदे सहमति पनि कार्यान्वयन गर्न माग गरिएको उनले बताए। त्यस सहमति बमोजिम विभिन्न आन्दोलन र राजनीतिक घटनामा मुछिएका थारूहरूको मुद्दा फिर्ता र रिहाइ समेटिएको सभापति चौधरीको भनाइ छ।

ज्ञापत्र बुझाउने टोलीमा सभापति चौधरीसहित एमालेका सांसद भगवती चौधरी, केन्द्रीय सदस्य गीता चौधरी, धर्मबहादुर चौधरी, उपत्यका समितिका सभापति सुमन चौधरी, अधिवक्ता श्रवणकुमार चौधरीलगायत सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *