अरुण चौधरीले बुझाइसकेको राजीनामा प्रधानमन्त्रीले नै स्वीकृत नगरेको खुलासा

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेका छन्। मन्त्री चौधरीले आफूले पाँच दिनअघि नै प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेको बताएका छन्।

‘मैले पाँच दिनअघि नै राजीनामा दिइसकेको छु। मेरो राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छु। त्यसअघि प्रधानमन्त्रीसँग पनि भेट भएको थियो। त्यसबेला प्रधानमन्त्रीले राजीनामा पत्र बुझ्नु भएन। त्यसपछि अर्को दिन प्रधानमन्त्री कार्यालय गएर राजीनामा बुझाएको हुँ,’ चौधरीले भने।

उनले राजीनामा स्वीकृत नभएको बारे आफू अनभिज्ञ भएको बताए। ‘खै किन स्वीकृत भएन। मलाई जानकारी भएन,’ उनले भने। उनले मन्त्रीको हैसियतले पाउने झन्डा र डन्डा पनि बुझाइसकेको बताए। उनले आफून ६ महिनाअघि नै राजीनामा गर्न चाहेको पनि बताएका छन्। त्यतिबेला पार्टीले आफ्नो राजीनामा रोकेको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीले राजीनामा स्वीकृत नगर्दा आफू संसदमा पनि जान नसकेको बताए। उनले आफूले राजीनामा दिइसकेकाले यस विषयलाई विवादित बनाउन उचित नभएको प्रस्ट पारे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *