राजकुमार गुप्ताले राजीनामा दिएपछि भगवती बनिन् सामान्य प्रशासन मन्त्री

राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। यसअघि मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि रिक्त पदमा उनलाई नियुक्त गरिएको हो।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सांसद न्यौपानेलाई राष्ट्रपति पौडेलले मन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *