नेकपा विप्लवसँग पार्टी एकीकरण गर्ने माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार त्यसका लागि वार्ता समितिलगायतका विषयमा पनि निर्णय भएको बताए।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको बताएका छन्। स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएको घोषणा पनि गरे।

‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण र परिवर्तनका लागि हाम्रो पार्टीले नेतृत्वदायी भूमिका खेल्यो। त्यसलाई एकताबद्ध गर्न चुनौती थियो। त्यसलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं। र, पार्टी एकताबद्ध भएको छ। हामीले सामूहिक प्रतिबद्धता गरेका छौं, अबदेखि सुदृढ एकताका साथ सबैखाले गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *