अरुणलाई १५ वैशाखको बैठक स्मरण गराउँदै रञ्जिताले भनिन्- कैलाली-२ बाट फेरि जितेर देखाउनुस्

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्।

सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि जितेर देखाउन चुनौती दिएकी हुन्। ‘हामी रुपन्देहीबाट चुनाव लड्नै पर्दैन। आरोप लगाउनेले आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिन्छु,’ अध्यक्ष श्रेष्ठले भनिन्।

त्यस्तै केन्द्रीय समितिको बैठकका बारेमा पनि भ्रम नफैलाउन उनले आग्रह गरेकी छन्। उनले जनमत पार्टीसँग एकता गर्नुअघि पार्टीको केन्द्रीय समितिको बैठक कसले आह्वान गरेको भन्दै प्रश्न गरिन्। ‘सीके राउत नेतृत्वको पार्टीसँग एकता गर्ने भनेर मैले नै हो केन्द्रीय समिति बैठक आह्वान गरेको। अनि कसरी भयो बैठक नबसेको २४ महिना? यस्तो भ्रम फैलाउने कुरा गर्नु हुँदैन,’ उनले भने।

अध्यक्ष श्रेष्ठले आफू अझै विधि र पद्धति बसाल्न लागिपरेको बताइन्। ‘मैले त विधि र पद्धति बसालेर मिलेर जाउँ भनिरहेकै छु। यो पक्ष र त्यो पक्षभन्नु भन्दा आउनुस् विधि विधानअनुसार अगाडि बढौं भनेकै छु। अनि मैले गल्ती के कुरा गरेकी छु र?’ उनले प्रश्न गरिन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *