कांग्रेसी थारूहरूलाई रेशम चौधरीको जवाफ- टीकापुर घटनालगत्तै लालयित भएर को मन्त्री बन्न गएका थिए
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फरक दलका नेताले अर्को दलका नेतालाई कटाक्ष गर्नु नयाँ कुरा नभएको बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा आफूले थारू नेताहरूलाई कटाक्ष गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्।
सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै संरक्षक रेशमले टीकपुर घटनाबाट आफ्नो परिवारलाई अपुरणीय क्षति भएको विषय खुला किताबजस्तो भएको बताए। त्यसका बावजुद आफू पहिचानको मुद्दामा सरिक भइरहेको बताए। उनले टीकापुर घटनाका बेला आफ्ना दुई वर्षे बच्चालाई लुछाचुँडी गरेको र बल्लतल्ल बचाएर धनगढी पुर्याएको बताए।
उनले आफू टीकापुर क्षेत्रको मात्र संयोजक रहेको बताए। तर, साउन २५ गते मधेसवादी र थरुहट अगुवाहरूको अभिव्यक्तिपछि आफूले राजीनामा पनि दिएको उनले बताएका छन्। उनले टीकापुर घटनापछि लगत्तै थारू मन्त्री बन्न को गएका थिए भनेर प्रश्न गरेका छन्। त्यतिबेला कैलालीका फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरी मन्त्री बनेका थिए। उनकै संयोजकमा थारू आन्दोलनकारीसँग वार्ता गर्न कार्यदल पनि बनाइएको थियो। सोही कुरा स्मरण गर्दै संरक्षक रेशमले झुठा मुद्दा किन फिर्ता नगराएको प्रश्न गरेका छन्।
उनले कांग्रेसका नेताहरूलाई अहिलेसम्म धनिरामलाई लगाइएको झुठा मुद्दा किन फिर्ता गराउन नसकेको प्रश्न पनि गरेका छन्। उनले स्वयं थारू नेताहरूले नै फलानो थारुको नेताका कारण जेल गएको उनले खुलाए। उनले टीकापुर गरिएको हिंस्रक अभिव्यक्ति कसले गरे भन्दै पनि प्रश्न गरे।
टीकापुर घटनाको महिना दिनमै किन थारू नेताहरू मन्त्री बन्न लालायित भएको भन्दै उनले प्रश्न पनि गरेका छन्। जेलमा नाउपाको टिकट लिएर आफ्नो पार्टीमा बार्गेनिङ गर्नेहरूलाई पनि आफूसँग प्रमाण सुरक्षित रहेको उनले बताएका छन्। उनले थारु कल्याणकारिणी सभालाई सबै थारुको साझा बनाउनुपर्ने बताए। थाकसमा राजनीतिक व्यक्तिलाई पदाधिकारी नबनाउन पनि उनले आग्रह गरे।
Facebook Comment