जेनजीसँग झुक्यो सरकार, सामाजिक सञ्जाल खोल्ने निर्णय
सरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।
यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा सामाजिक सञ्जाल खुलाउन उनले आग्रह गरेको स्रोतले बताएको छ।
Facebook Comment