प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका हुन्।
प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचन मिति पनि तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरले बताए।
जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
नवनियुक्त प्रधानमन्त्री कार्कीले पद तथा गोपनीयताको सपद लिँदै कार्यभारसमेत सम्हालेकी छन्।
Facebook Comment