जेनजी वार्ता टोलीलाई आदिवासी जनजाति जेनजी समूहहरूको बहिष्कार

आदिवासी जनजातिलगायत जेनजी समूहहरूले ११ सदस्यीय वार्ता टोलीलाई बहिष्कार गरेको छ। उक्त वार्ता टोलीमा लोकतन्त्रविरोधी तत्वहरूको घुसपैठ भएको, बैठक बस्न नसकेको, समानुपातिक समावेशीतालाई इन्कार गेरको आरोप लगाइएको छ।

नेपालमा विभिन्न कालखण्डमा भएको नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतबाट हासिल गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानाताका आधारमा समावेशी राज्य प्रणाली र सामाजिक र आर्थिक न्याय सुनिश्चित गर्नुपर्ने आदिवासी जनजाति जेनजीहरूको माग छ।

आफूहरूलाई बिना जानकारी ११ सदस्यीय वार्ता टोली बनाएको भर्त्सना पनि गरिएको छ। यी समूहमा ३९ जिल्लाका सीमान्तिकृत युवाहरूको सहभागिता रहेको दाबी गरिएको छ।

जेनजीको मर्मलाई संस्थागत गर्न राज्य पक्षसँग वार्ता गर्द भन्दै ११ सदस्यीय वार्ता टोली बनाइएको थियो। जसमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, रक्षा बम, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया, अर्पित कुँवर र दीपक जंग अधिकारी रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *