टासीविरुद्ध भ्रम फैलाइएको सोही जेनजी समूहको स्पष्टोक्ती, थारू समुदायको आवाज उठाउँछिन् टासी
मन्त्रिपरिषद्मा सिफारिस भनिएकी टासी ल्हान्जोमका विषयमा भ्रम फैलाइएको भन्दै सुदन गुरुङ समूहको जेनजीहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। कर्णाली प्रदेश संयोजकसमेत रहेकी सुप्रिया राज्यलक्ष्मी शाहीले टासीको नागरिकसम्बन्धी विवाद रहेको भन्दै भ्रम फैलाइएको अन्य ६ प्रदेशका संयोजकहरूको ठहर छ। प्रदेश १ का उपार्जुन चाम्लिङ, मधेसका शिव यादव, बागमतीकी अफ्सना बानु, गण्डकीका प्रदीप पाण्डे, लुम्बिनीका आदित्य आचार्य र सुदूरपश्चिमका खेमराज साउदले संयुक्त विज्ञप्ति जारी गरेर शाहीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
‘जेनजी विद्रोहपश्चात् गठित सरकारको मन्त्रिमण्डल विस्तारका लागि हिमाली आदिवासी सीमान्तकृत समुदायसम्बद्ध कर्णाली बासी टासी ल्हान्जोम सहित केही व्यक्तित्वहरू समावेश गर्ने सन्दर्भमा विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा चर्चा भएसँगै कर्णाली प्रदेशकी संयोजक सुप्रिया राज्यलक्ष्मी शाही ज्यूबाट २०८२ असोज २५ गत्ते जारी मन्त्रिपरिषद् विस्तारसम्बन्धी समाचारप्रति जेन-जी कर्णालीको ध्यानाकर्षण’ शीर्षकको विज्ञप्ति र विभिन्न राजनीतिक व्यक्तित्वहरुको सार्वजनिक अभिव्यक्तिले सामाजिक सञ्जाल र संचार माध्यमहरुमा फैलाइएको कपोलकल्पित, तथ्यहीन, र अपमानजनक धारणाले पुर्याएको बहुल प्रभावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जेन-जी सहयोद्धा ‘टासी ल्हान्जोम ज्यूको नेपाली नागरिकता, राष्ट्रियता र नेपाली पहिचानलाई लिएर उठाइएका भ्रमपूर्ण प्रश्नहरुको सन्दर्भमा हामीसँग कुनै समन्वय, छलफल, परामर्श र समझदारी नभएको स्पष्ट पार्दै कर्णाली संयोजकको हस्ताक्षरमा उक्त विज्ञप्तिमा हाम्रो सामूहिक र संगठनात्मक संलग्नता र सहमति नभएको उनीहरूले विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन्। ‘यस प्रकारको अपमानजनक र निश्चित समुदायद्वेषी अभिव्यक्तिका कारण हुन गएको व्यक्तिगत र समुदायको भावनात्मक क्षतिप्रति दुःख व्यक्त गर्दछौं। नैतिक, वैचारिक, सैद्धान्तिक र व्यवहारिक रूपमा यस प्रकारको निश्चित समाजरच समुदायद्वेषी कार्यको समर्थन र पृष्ठपोषण नगरिने विश्वास दिलाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
यो घटना इतिहासको लामो समयदेखि हिमाली, आदिवासी जनजाति, मधेसी, दलित, मुश्लिम, थारू र महिला भएकै कारण राज्यसरकारको भेदभावपूर्ण र अपमानजनक नश्लीय चिन्तन बोकेको वर्ग समुदायबाट गरिँदै आएको अन्याय र विभेदको निरन्तरता भएको उनीहरूको ठहर छ। ‘त्यसैगरी भिन्न संस्कृति, जातजाति, धर्म, भाषा, लिङ्ग, समुदाय, भूगोल, उत्पत्ति, र शारीरिक वनावटकै कारण विविध प्रकारका अन्याय, बहिष्करण, भेदभाव, मानहानी, लाञ्छना र अपमान भोग्दै आइरहेको एक प्रतिनिधि घटना परिघटना हो। उक्त प्रकृतिको यथार्थप्रति हामी सचेत र सम्वेदनशील छौं,’ विज्ञप्तिमा भनिएको छ।
यस सन्दर्भमा कर्णालीका संयोजकको नाममा जारी गरिएको उक्त विज्ञप्ति मानवीय, कानुनी, सामाजिक र नैतिक दृष्टिले पूर्ण रूपमा निन्दनीय रहेको उनीहरूले उल्लेख गरेको छ।
आदिवासी समुदायकी टासीले थारू समुदायको हकहितका लागि पनि आवाज उठाउँदै आएकी छन्।
टासीलाई तिबब्ती नागरिक भनेर भ्रम फैलाइएपछि आदिवासी जेनजीहरूले कडा प्रतिवाद गरेका थिए। उनीहरूले सुदन गुरुङ समूहलाई कडा प्रतिवाद गर्दै त्यसको आत्मलोचना गर्न दबाब दिएका थिए। सोही दबाबपछि उक्त समूहको प्रदेश संयोजकहरूले विज्ञप्ति जारी गरी माफी मागेको बताइएको छ।
Facebook Comment