एमालेका मुख्यमन्त्रीको विवादित मदरसासम्बन्धी निर्णयले मधेशमा बल्यो आगो
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मधेशमा मुख्यमन्त्री सरोजकुमार यादवले एउटा विवादित निर्णय गरेका छन्। जसका कारण मधेशमा विरोध प्रदर्शन सुरू भएको छ।
मुख्यमन्त्री यादवले विवादित मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरे मधेसमा प्रदर्शन सुरू भएको हो। मधेशमा एमाले र मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन भएको हो। मदरसा शिक्षा बोर्ड गठनको विरोधमा वीरगन्जमा टायर बालेर त्यसको विरोध गरिएको छ भने निवर्तमान भइसकेका मुख्यमन्त्री यादवलाई जनकपुर कालो झन्डा देखाइएको छ।
यसैबीच राष्ट्रिय एकता अभियानले मदरसा विधयेक खारेजीको मागसहित प्रदर्शनमा उत्रिएको छ। अभियानका नेताहरूले जनकपुरधाममा तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदेश सभामा प्रवेश गर्दै गरेका मुख्यमन्त्रीलाई अभियानका कार्यकर्ताहरूले कालो झण्डा देखाउँदै नाराबाजीसहित घेराबन्दी गर्न खोजेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रदर्शनकारीहरूले ‘मदरसा विधेयक खारेज गर, मुस्लिम तुष्टिकरण राजनीतिक बन्द गर, यो विधेयक हामीलाई चाहिँदैन, मजहबी शिक्षा खारेज गर, आतंकवादी शिक्षा खारेज गर’जस्ता नाराहरू लगाएका थिए।
उनीहरूले एमाले र मुख्यमन्त्री यादवविरुद्ध ‘मुर्दावाद’को नारासमेत लगाएका थिए। राष्ट्रिय एकता अभियानका नेताहरूले मदरसा विधेयक प्रदेशको सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र शैक्षिक संरचनामाथि खतरा पैदा गर्ने भन्दै तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेका छन्।
राष्ट्रिय एकता अभियानले प्रदेश सरकारसमक्ष चार मुख्य माग अघि पनि सारेको छ। मदरसा बोर्ड विधेयक तथा यससम्बन्धी सबै सरकारी निर्णयको तथ्याधारित अध्ययन, छानबिन र सार्वजनिक रूपमा स्पष्टीकरण तुरुन्त प्रस्तुत गर्न माग गरिएको छ। त्यस्तै मदरसा, मस्जिद तथा अन्य धार्मिक/शैक्षिक संरचनाहरूको दर्ता, आर्थिक पारदर्शीता, मानवस्रोत व्यवस्थापनमा कडाइका साथ नियमन कार्यान्वयन गर्नुपर्ने, अवैध प्रवेश, कागजातविहीन बसोबास वा कानुनविपरीत गतिविधि भेटिए निष्पक्ष कानुनी कारबाही गर्नुपर्ने र प्रदेश-संघ समन्वयमार्फत सीमा सुरक्षा र आन्तरिक सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने व्यवस्था गर्न माग गरिएको छ।
अभियानले राष्ट्रको सार्वभौमिकता, स्थिरता र आन्तरिक सुरक्षा जस्ता संवेदनशील विषयमा राज्यका सबै निकायले दूरदर्शी, पारदर्शी र जिम्मेवार ढङ्गले काम गर्नुपर्नेमा जोड दिएको छ। अभियानले नागरिकहरूलाई शान्तिपूर्ण, संवैधानिक र तथ्यमा आधारित छलफल तथा जनजागरणमा सहभागी हुन अपिल पनि गरेको छ।
त्यतिमात्र होइन, एमाले अध्यक्ष ओलीले क्रिश्चियनका नेता मानिने एकनाथ ढकाललाई पार्टीमा भित्र्याएर सांसद बनाएको आरोप पनि लाग्दै छ। एमालेमाथि नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र क्रिश्चियन नेताहरूलाई पक्षपोषण गर्दै आएको आरोप लगाइन्छ।
Facebook Comment