ओलीले अहिलेकै अवस्थामा निर्वाचन सम्भव छैन भनेपछि देउवाले भने- खै सरकारले गराएरै छाड्छु भन्छ

शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच निर्वाचनका विषयमा सघन छलफल भएको छ। देउवा निवासमा अध्यक्ष ‌ओलीले निर्वाचनका लागि सरकारको तयारी नपुगेको बताएका थिए। उनले सुरक्षाको अनुभूति पनि सरकारले गराउन नसकेको र अहिलेको तयारीले फागुन २१ मा निर्वाचन सम्भव पनि नभएको देउवालाई बताएको स्रोतको दाबी छ।

सभापति देउवाले भने निर्वाचनप्रति लचिलो जवाफ फर्काएका थिए। निर्वाचन गर्छु भनेपछि सरकारले सबैखालको व्यवस्थापन गर्नुपर्ने देउवाको भनाइ रहेको स्रोतको दाबी छ। ‘ओलीजीले अहिलेकै अवस्थामा चुनाव नहुने बताएपछि सभापतिज्युले सरकारले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनुभएको थियो,’ स्रोतले भन्यो।

त्यस्तै भेटमा अध्यक्ष ओलीले स्वास्थ्य अवस्थामा बारे पनि बुझेका थिए। देउवाले अहिले सबै ठीक हुँदै गएको बताएका थिए। उनीहरूबीच कांग्रेस र एमालेको आसन्न महाधिवेशनका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।

‘कांग्रेसको बैठक सकिएछ हैन?,’ हाँस्दै ओलीले प्रश्न गरेका थिए। उनले कांग्रेस बैठकलाई निष्कर्षमा लगेकोमा देउवालाई बधाई पनि दिएका थिए। सभापति देउवाले पनि एमालेको आसन्न महाधिवेशनप्रति बधाई दिँदै एकजुट भएर लैजान सुझाव दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *