राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चैत १९ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *