केपी ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले गर्‍यो अस्वीकार

सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई रिहा गर्न अस्वीकार गरेको हो। सर्वोच्च अदालतको आदेशससँगै अध्यक्ष ओली हिरासतमै रहनेछन्। सर्वोच्चले सरकारसँग पक्राउ गर्नुको कारण सोधेको छ।

ओली पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्येक्षीकरण रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो। यसअघि काठमाडौं जिल्ला अदालतले ओलीमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थपेको थियो।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शुक्रबार ओलीलाई पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली महराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *