सर्जियो गोरसँग भेटवार्ता गर्न प्रधानमन्त्री बालेनलाई दबाब

तीन दिने भ्रमणका लागि नेपाल आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भ्रमण लम्ब्याएका छन्। शनिबार भारत फर्किने तालिका रहे पनि उनी आइतबार पनि काठमाडौंमै रहेको स्रोतले बताएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्नका निम्ति उनी शनिबार नफर्किएको स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार गोर आइतबारसम्म काठमाडौंमै छन्। प्रधानमन्त्री शाहसँग भेटेरमात्र उनी फर्किने स्रोतको भनाइ छ।

नेपालस्थित अमेरिकी अधिकारीहरूले प्रधानमन्त्री बालेनलाई गोरसँग भेटवार्ता गर्न दबाब बढाएको बताइएको छ। उनीहरूबीच आइतबार गोप्य वार्ता हुनसक्ने उच्च स्रोतको दाबी छ। स्रोतहरूका अनुसार अमेरिकी पक्षबाट बालेनलाई भेटका लागि निरन्तर दबाब दिइँदै आएको छ। यद्यपि यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन।

भ्रमणका दौरान दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत रहेका गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *