बरु रकेट बनाउन सजिलो छ, बाँदर भगाउन सजिलो छैन : महावीर पुन

प्रतिनिधिसभाका सांसद डा. महावीर पुनले बरु रकेट बनाउन सजिलो हुने तर बाँदर भगाउने कुरा सजिलो नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद पुनले संसदमा बाँदर आतंक नियन्त्रण गर्न अनुसन्धान नै आवश्यक रहेको बताउँदै संसदमा कराएर कुनै काम नभएको बताए ।

उनले सदनमा धेरै सांसदहरुले कराएको देखिएको बताउँदै भने, ‘बरु रकेट बनाउने प्रविधि छ, संसारभरी मैले बाँदर भगाउन खोजेकै हो । तर छँदै छैन।’ बाँदर नियन्त्रणका विषय अध्ययन गर्न दुई–चार करोड बजेट छुट्याउनु पर्ने बताए ।

उनले अहिलेको सरकारले एउटा टिम गठन गर्दै गरेको सुनेको र त्यसमा आफूलाई पनि राख्न आग्रह गर्दै सांसद पुनले बाँदर एकदमै बुद्धिमानी जनावर भएको र अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले यसको आतंक नियन्त्रण गर्ने उपाय निकाल्न नसकेको समेत बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *