सबै आयोगका प्रतिवेदन एकमुष्ठ अध्ययन गरेर काम कारबाही अगाडि बढाउँछौं : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाहले नेपालमा गठन भएका सबै आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले सार्वजनिक गर्ने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहले नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदन एकमुष्ट अध्ययन गरेर काम कारबाही अगाडि बढाउने जानकारी गराएका हुन्।

सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै उनले जेन्जी आन्दोलनसहित सबै प्रतिवेदन अध्ययन गरेर काम अगाडि बढाउने बताए।

‘मानवअधिकार आयोगको २३/२४ गते प्रतिवेदनमात्रै नभएर विभिन्न कालखण्ड धेरै आन्दोलन भएका छन्, धेरै दमन पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरु र र्‍यालीहरुमा भएका कुराहरुको प्रतिवेदन धेरै छन् । एउटा मात्र प्रतिवेदन छैन मानवअधिकार आयोगको, विभिन्न आयोग गठन भएका छन् विभिन्न कालखण्डमा।’ उनले भने,‘आजसम्म नेपाल सरकारलाई बुझाएका जतिपनि आयोगका प्रतिवेदनहरु छन् ती सबै प्रतिवेदनलाई एकमुष्ठ रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही गर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *