प्रचण्ड अस्पताल भर्ना
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि शनिबारदेखि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्।
नेकपाका नेता रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार निमोनिया भएकाले उनको उपचार चलिरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। डाक्टरका अनुसार भोलिसम्म हस्पिटलमै बसेर प्रचण्ड डिस्चार्ज हुने सापकोटाले बताए।
Facebook Comment