परराष्ट्रमन्त्रीले संसदमा भने- चीनसँग पनि केही स्थानमा सीमा विवाद छ

परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी राष्ट्र चीनसँग पनि नेपालको सीमा विवाद रहेको औपचारिक रूपमा स्वीकार गरेका छन् ।

बिहीबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले उत्तरी छिमेकी चीनसँग सीमासम्बन्धी केही विवाद कायमै रहेको प्रस्ट पारेका हुन्। उनले चीनसँग सीमाका केही सीमित स्थानमा विवाद रहेको उल्लेख गर्दै त्यहाँ हाल गतिविधि कम रहेको जानकारी दिए ।

‘केही सीमित ठाउँहरूमा चीनको सीमामा सीमा विवादहरू छ, विवादै नभएको होइन,’ उनले भने, ‘उत्तरी नाकामा एक्टिभिटी कम छ।’

त्यस्तै उनले नेपाल र भारतबीच सीमा स्तम्भ पुनर्निर्माण, क्रसबोर्डर अकुपेसनलगायतका विषयमा छलफल भइरहेको बताए। ‘लामो समयदेखि प्रक्रिया रोकिएको थियो, अहिले सुचारु भएको छ,’ उनले भने, ‘दुवै देशका प्राविधिकहरू सीमा क्षेत्रमा हुनुहुन्छ। उहाँहरूले एक्टिभली कामहरु अगाडि बढाइरहनुभएको छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *