फिचर
उल्लासमय थारु माघी
लक्की चौधरी। ‘सखिये हो! माघीक् पिबी गुरी जाँर …’ अधिकांशको मुखारबृन्दमा झुण्डिएको यो थारु गीतको एक हरफले माघीको रमाइलो अर्थ्याउँछ। एकाअपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्वप्रेम तथा आदरसम्मान गर्न सिकाउने ‘माघी’ थारुको महापर्व र नयाँवर्ष हो। नयाँ नीति नियम बनाउने, कार्यान्वयनको प्रतिवद्धता गर्ने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने माघीले वर्षभरिको...
थारूवानअमृत भादगाउँले– परिवारसँग घुम्न आएका कोलकता भारतका प्रशान्त गोस्वामी शुक्रबार सौराहाको रंगीन माहोल देखेर चकित परे। जंगल सफारी गर्न आइपुगेका उनको गर्धनमा झुन्डिएको क्यामेराले फुर्सदै पाएन, खिचिक्क! खिचिक्क! खिचिक्क! फोटोग्राफी उनको रुचि। परम्परागत थारू पोसाकमा लोभिए। हात्तीका छावाको फुटबल खेल देखेर दंग परे। भन्दै थिए, ‘युनिक रहेछ सौराहा।’
थारूवानजनकराज सापकोटा– नक्साको पुछारमा छ, मधेसको मानचित्र । यहांका मान्छे पनि पुछारका मान्छे हुन् । साावला वर्णका तिनीहरुसंग हेपाइका धेरै कथा छन् । ग्रीष्म ऋतुमा तिनीहरुको अनुहार चर्को धूपले बढ्तै रातो/कालो देखिन्छ । कांधमा भिरेका गम्छाहरु पसिना पुछ्दा पुछ्दै थाक्छन् । १५ माघ ०६५ मा सर्लाहीको नवलपुर पुग्दा ठ्याक्कै...
थारूवान‘सरकारले १० महिनाको खाने-बस्ने खर्च दिन्छ तर वर्षमा १२ महिना हुन्छ । बाँकी दुई महिना कहाँ बस्ने, के खाने ?’ देउखुरीको वनगाउँस्थित बाल जनता उच्चमावि छात्रावासमा बस्दै आएकी बर्दियाकी मुक्त कम्लरी सुशीला चौधरीले भनिन्, ‘हाम्रो घरबास र परिवार भए त घरमै बस्थ्यौं । दुःख पाउन किन यहाँ आउँथ्यौं र...
थारूवानग्रामीण समाजमा ‘साँझका पाहुना देवता समान’ मानिन्छ। नवलपरासीको कावासोती नगरपालिका–१६ मा रहेको ‘अमलटारी मध्यवर्ती होमस्टे’मा सधैं न्यानो सत्कार पाइन्छ। पाहुना आउने खबर पाउनेबित्तिकै थारू (चौधरी) महिला परम्परागत भेषमा स्वागत गर्न तम्तयार हुन्छन। नाकमा नथिया, पाउमा पाउजु, घाँटीमा हँसुली र पाखुरामा गुडुल्ला अनि कम्मर मुन्तिर लेहेंगा लगाउँछन्। थारू समुदायको पहिरन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश