समाचार

कांग्रेसमा आबद्ध युवाद्वारा पार्टी कार्यालयमा धर्ना, विभागहरूमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग

नेपाली कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन्। सबै तहका निर्वाचनहरूमा कम्तीमा...

थारूवान

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजीहरू सबैको छोरा– नाति...

थारूवान

डीवि थारु (कविर) सर्वप्रथम जेन-जी विद्रोहका सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सेप्टेम्बर ८-९ नेपालमा जेन-जी प्रोटेस्ट भयो। जसलाई जेन-जी विद्रोह भनिएको छ। यो नेपालमा देशव्यापी दुई दिनमात्र भयो। परिणाम देशका प्रायः प्रमुख ऐतिहासिक राष्ट्रिय संरचनाहरू ध्वस्त भए। महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए। खरबौंको अपुरणीय क्षति भयो। प्रदर्शनकारी,...

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसले पनि यहि बाटोमा लाग्नुपर्ने बताएका हुन्। ‘देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको तत्काल संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि...

थारूवान

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिष कुमार सिंहको राजीनामा नआउँदै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गरिएको छ। कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको हो। मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमत...

थारूवान

कास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ। विशेष अदालत काठमाडौंबाट मुद्दा नम्बर ०७४-cr- ०१६७ मा भएको आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान हुनेछ। अधिकारीसँग घुस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र...

थारूवान

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।...

थारूवान

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीको अवरोधले गर्दा सिंहदरबारमा तत्काल दमकल जान नसकेको स्पष्ट पारेको छ। मंगलबार सामाजिक सञ्जालमार्फत उनले आन्दोलनकारी भीड कम भएपछि साँझ ८:१५ बजे सिंहदरबारमा दमकल पुगेको उल्लेख गरेका छन्। ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको...

थारूवान

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीमा एक दिनको समय माग गरेको छ। एमाले निकट अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले बताए। उनका अनुसार सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै प्रहरीले निर्णय गर्ने भएको...

थारूवान

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्। उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग...

थारूवान
1 14 15 16 17 18 332