समाचार

नाउपा लुम्बिनी प्रदेशका चारैजना सांसदले दिए राजीनामा

नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेशका सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। संसदी दलका नेता धर्मबहादुर चौधरीका अनुसार चारैजना सांसदले सामूहिक राजीनामा दिएका हुन्। सांसद चौधरीसहित, धर्मबहादुर चौधरी, राजकुमार चौधरी, नरमाया ढकाल र निर्मला देवी चौधरीले सामूहिक राजीनामा दिएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै सांसद चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। ‘म अरुणकुमार चौधरी कैलाली क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु। जेनजी आन्दोलनलाई पुर्ण समर्थन...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्। मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गरेका छन्। ‘जेन-जी पुस्ताले आज आह्‌वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ।...

थारूवान

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने बताएका छन्। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताए। गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएको उनले बताए। ‘सडकमा बसेर राजीनामा मागेर हुन्छ,’ सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा...

थारूवान

सरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर...

थारूवान

थारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्। राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन,...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए। त्यस्तै...

थारूवान

गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरेको छ। यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा...

थारूवान

जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ ।...

थारूवान
1 14 15 16 17 18 323