समाचार

इपीएल खेल्न नेपाल आउँदै शाहिद अफ्रिदी

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्। चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।

थारुवान संबाददाता

उर्लाबारी नगरपालिका–८ थारु टोलमा सोमबार एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ । अर्का एक जना घाइते छन् । १७ वर्षीय अभिषेक चौधरीको चक्कु प्रहारबाट हत्या भएको हो ।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)को दुई पक्षको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला गरेको छ। जसपा नेपालको आन्तरिक विवादमा फैसला सुनाउँदै आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको हो।

थारूवान

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो।

थारूवान

दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ।

थारुवान संबाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।

थारुवान संबाददाता

निर्वाचन आयोगले जसपा विभाजनको टुंगो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्यहरुको पक्ष र विपक्षमा विभाजितहरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनुभएका माननीय रेशम चौधरीजीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ।

सुरेन्द्र चौधरी

निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ।

थारूवान

विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

थारूवान

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ।

थारूवान