समाचार
कुखुरा चोरेको भन्दै नरेश चौधरीको हत्या, बाबु-छोरा पक्राउ
दाङ देउखुरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
थारुवान/दाङनेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य भगवती चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएकी छन्। ‘बिरामी पनि कस्तो अच्चम। कोरोनाले मलाई पनि छाडेन। मेरो सम्पर्कमा आउनुभएकाहरुले सावधानी अपनाउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्।
थारुवान/सुनसरीबञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी छन्। बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको शव फेला परेको थियो।
थारुवान/झापालुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। ‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।
थारुवान/बर्दियाकैलालीको कैलारी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। वन अतिक्रमण गरेको भन्दै उनीविरुद्ध डिभिजन वन कार्यालय कैलालीले पक्राउ पुर्जी जारी गरेको हो। वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय...
थारुवान/कैलाली
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश