समाचार
सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी
दाङको दङ्गीशरण गाउँपालिका-६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ। नयाँ कार्यसमितिको सभापतिमा सुदीप चौधरी, उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भएको क्याम्पस प्रमुख मनिराम...
थारूवानखेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताए। नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए।...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ। उनीहरूबीच आइतबा नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो। छलफलका क्रममा श्रेष्ठले ‘पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?’ भनेर राउतलाई सोधेकी थिइन्। जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने...
थारूवाननेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा ४/४ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय...
थारूवानचितवन कालिका नगरपालिका-५ पदमपुरका थारू समुदायले फागु पुर्णिमा पर्व धुमधामका साथ मनाएका छन्। थारू समुदायले बिहीबार चीर दहन गरेपछि शुक्रबार होली मनाउने चलन रहेको छ। शुक्रबार अघिल्लो दिन दहन गरेको चीरको धुलो उडाउँदै हाली खेल्ने र चीरको धुर्हेरी पखालेपछि घरमा विभिन्न परिकार बनाएर खाने गरेका छन्। फागुको दिन चेलीबेटी...
थारूवानसन्तोष दहित पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ। गाउँबाट टाढा रहेका केही थारू युवाले पाँच वर्षअघि दाङको घोराहीमा बृहत् केचहरी (भेला) गरे। केचहरीमा सहभागी युवाले थारू समुदायको परम्परागत रैथाने परिकार र...
थारूवानबर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको ठाकुरबाबा नगरपालिका-२ बलातीका ६० वर्षीय बलिराम थारुको हात्तीको आक्रमणबाट गएराति घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले सेतोपाटीलाई बताए। बुधबार राति करिब पौने १२ बजेतिर जंगलबाट आएको हात्ती घर नजिकको बारीमा पसेपछि धपाउन भनेर थारु एक्लै गएका...
थारूवानसीके राउत नेतृत्वको जनमत पार्टीले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग एकताका लागि कार्यदल गठन गरेको छ। आइतबार र सोमबार महोत्तरीको बर्दिबासमा भएको केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट तीन सदस्यीय कार्यदल बनाएको हो। कार्यदलमा अब्दुल खान, डा. शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितका...
थारूवानअविनाश चौधरी/धनगढी प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) २०८० लाई संशोधन गर्न माग गर्दै आएको थारू-रानाथारू आन्दोलन परिचालन समितिले सुदूरपश्चिम सरकारले आफ्नो मागलाई गुमराहमा राखेको जनाएको छ। गत भदौमा आन्दोलनको क्रममा मुख्यमन्त्री कमलबहादुर शाहले ऐन संशोधन गर्ने जनाएको प्रतिबद्धता विपरितका कार्य अगाडि बढेको भन्दै समितिले पुनः सङ्घर्षको कार्यक्रम घोषणा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश