थारू समाचार

उत्कृष्ट कार्यसम्पादन गरेका वडाध्यक्ष बन्धुराम महतो सम्मानित

खैरहनी नगरपालिकाको १२औं नगरसभाबाट वडा नं ९ का वडाध्यक्ष बन्धुराम महतो सम्मानित भएका छन्। नगरपालिकामा रहेका १३ वटा वडाहरूमध्ये कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएकाले नगरप्रमुख शशी कुमार खनियाले वडाध्यक्ष महतोलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

थारुवान संबाददाता

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्।

थारुवान संबाददाता

सप्तरीको सुरुंगा नगरपालिका-७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ। विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ।

थारुवान संबाददाता

नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन्। प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने गरेको छ।

थारुवान संबाददाता

भारतीय दूतावासले भारतको ७४औं गणतन्त्र दिवस मनाएको छ। लैनचौरस्थित दूतावासमा बिहीबार गणतन्त्र दिवस मनाइएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन वाचन गरेका थिए।

थारुवान संबाददाता

अविनाश चौधरी पाडा दिएर राँगा साटेका कैलालीका एक किसान प्रहरीको नियन्त्रणमा पुगेका छन्। त्यति मात्रै होइन, उल्टै एक लाख रुपियाँ जरिवानासमेत तिरेका छन्। घटना विवरणअनुसार भजनी नगरपालिका-३, काँढा गाउँका ६० वर्षीय कल्लु डङ्गौरा थारूले धनगढी उपमहानगरपालिका-१६, घसिटास्थित प्रेमलाल रानालाई पाडा दिएर एक हल राँगा साटेका थिए।

अविनाश चौधरी

अधिवक्ता बुद्धसेन चौधरी यस बधाई तथा शुभकामना कार्यक्रमका अध्यक्ष ज्यू, प्रमुख अतिथी माननीय मन्त्रीज्यू, माननीय मन्त्रिज्यू, थारु आयोगका माननीय अध्यक्ष ज्यू, निर्वचित भएर आउनु भएका माननीय ज्यूहरु,थारु आयोगका माननीय सदस्य ज्यूहरु, थाकसका पदाधिकारीज्यूहरु, अन्य विभिन्न संघ संस्थाबाट पाल्नु भएका पदाधिकारीज्यूहरु, पत्रकार ज्यूहरु, अधिवक्ता मित्रहरु लागायत यहाँ उपस्थित हुनु भएका...

अधिवक्ता बुद्धसेन चौधरी

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुहबीऔ१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

थारुवान संबाददाता

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सत्ता सझेदार दलहरू यतिबेका शक्ति केन्द्र धाइरहेका छन्। दलबलसहित केन्द्रीय राजधानी आइपुगेका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सत्ता साझेदार दलका नेताहरू सुदूरपश्चिम प्रदेशको सरकार टिकाउन बालकोटदेखि बालुवाटारसम्म पुगेका छन्।

थारुवान संबाददाता

लखन चौधरी/रातोपाटी सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।

लखन चौधरी/रातोपाटी