थारू समाचार

कमैया परिवारकी कोइलीदेवी चौधरी, जो बनिन् उपसभामुख

सबिता बुढा/सेतोपाटीबाट कमैया परिवारकी कोइलीदेवी चौधरी नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको उपसभामुख बनेकी छन्। सत्ता साझेदार दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी उपसभामुखमा बहुमतका साथ मंगलबार निर्वाचित भएकी हुन्।

थारुवान संबाददाता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छन्।

थारुवान संबाददाता

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ। एक हप्ता सञ्चालन भएको महोत्सवको समापनका लागि सहरी विकास मन्त्री विक्रम पाण्डे चितवन आउँदै छन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त भएका हुन्।

थारुवान संबाददाता

किशोर बुढाथोकी/अन्नपूर्णबाट पारिवारिक अभाव र संकटसँग जुध्दाजुध्दै राजनीतिक यात्रा सुरु गरेर संघर्षले खारिएको नाम हो, अमनलाल मोदी। नेकपा (माओवादी केन्द्र)मा आवद्ध भई आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाएर संघर्ष गरिरहेका उनै ३७ बर्से अमनलाल तेस्रोपटकको संसद यात्रामा मन्त्री बन्न सफल भएका छन्।

किशोर बुढाथोकी

आठौँ खिचरा महोत्सवअन्तर्गत ‘स्कुल स्तरीय खिचरा डान्स आइडल’को फाइनलमा प्रवेश गरेका सात जनाको लागि भोटिङ राउण्ड खुला भएको छ। मंगलबारको प्रस्तुतिबाट निर्णायक मण्डलले दिएको ६० प्रतिशत अंकमाथि ४० प्रतिशत अंक भोटिङका आधारमा तय

थारुवान संबाददाता

थारू समुदायबाट दुई जना मन्त्री भएका छन्। नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी र नेकपा एमालेबाट भगवती चौधरी मन्त्री भएका हुन्। मोदी सामान्य प्रशासनमन्त्री भएका छन् भने भगवती महिला बालबालिका मन्त्री भएकी छन्।

थारुवान संबाददाता

लुम्बिनी प्रदेशमा सभामुखमा सत्तागठबन्धनबाट तुलाराम घर्तीको एकल उम्मेद्वारी परेको छ। उनी माओवादी केन्द्रका सांसद हुन्। एमाले सांसद भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिष कुमार चौधरीको सर्मथनमा सभामुखमा घर्तीको उम्मेद्वारी दर्ता भएको हो।

थारुवान संबाददाता

थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ। विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ।

थारुवान संबाददाता

दीपेश चौधरी थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए।

दीपेश चौधरी

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव मनाएका छन्। थारू समाज सिड्नी अष्ट्रेलियाले आइतबार विटलाम पार्कमा माघी महोत्सव आययोजना गरेको हो। प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पब्लिक अफिसर अरुण आर्यन चौधरीको भनाइ छ।

थारुवान संबाददाता