थारू समाचार

प्रदेश २ मा थारु भाषालाई सरकारी कामकाजीको भाषा नबनाए आन्दोलन गर्ने चेतावनी

थारु भाषालाई प्रदेश नम्बर २ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरिएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा सप्तरी र थारु कल्याणकारी सभा सप्तरीद्वारा कल्याणपुरमा संयुक्तरुपमा आयोजित थारु भाषामाथिको आक्रमण तथा भाषा आयोगको भूमिका बिषयक अन्तरक्रियामा थारुहरुले उक्त माग गरेका हुन्।

थारूवान

थारु विद्यार्थी समाजले २६औं स्थापना दिवस मनाएको छ। समाजले स्थापना दिवसको अवसरमा आरक्षणको सबालमा जातीय विद्यार्थीहरुको भूमिका विषयक अन्तर्क्रियासमेत आयोजना गर्‍यो।

थारुवान संबाददाता

फाइल तस्बिर बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ। सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए। चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन्।

थारुवान संबाददाता

कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदमा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

थारुवान संबाददाता

भदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कञ्चनपुरको इन्जार्जको जिम्मेवारी देवी लाल चौधरीलाई सुम्पेका छन्। कैलालीबाहेक कहीँ पनि थारु नेताहरुलाई जिम्मेवारी नदिएको प्रचण्डले देवीलाल चौधरीलाई भने किन कञ्चनपुरको इन्चार्ज बनाए? यो प्रश्नको सजिलो उत्तर हो, आइपर्दा बुहारी बिना मगरलाई साथ दिन।

थारुवान संबाददाता

उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाइते भएका थिए।

थारुवान संबाददाता

भारतीय विदेश मन्त्रालयले महाकाली तुइन प्रकरणको छानविन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ। मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडिया रिपोर्टहरुमा सुने पनि औपचारिक जानकारी नभएको बताए।

थारुवान संबाददाता

प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन्। प्रदेश २ को कूल २१ सांसदमध्ये ११ जनाले माधव नेपालको पार्टीलाई रोजेका हुन्। जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिकरुपमा र एकजनाले पत्रमार्फत् एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

थारुवान संबाददाता