थारू समाचार

थारु नेताको कटाक्ष- देउवाजी, ५५ जनाको मन्त्रिमण्डल बनाउनुस्, पहिले पनि बनाउनुभएकै हो

मन्त्रालयको भागबण्डा नमिल्दा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन। सत्ता गठबन्धनका चार वटै दलका शीर्ष नेताहरु सहमतिका लागि दिनकै बैठक बसिरहेका छन्। तर आजका मितिसम्म सहमति हुन सकेको छैन।

थारुवान संबाददाता

नेपालमा नक्कली कागजात देखाएर आफ्नो काम फत्ते गर्ने प्रवृति मौलाउँदो छ । सामान्य व्यवसायी देखि ठेकेदार, विचौलिया र चिकित्सा शिक्षा क्षेत्रमा पनि यस्ता घटनाहरु घटेको पाइन्छ । यसैबीच पछिल्लो समय एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्नेहरुले पनि नक्कली काजगात पेस गरेको पाइएको छ ।

थारुवान संबाददाता

काठमाडौंबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा अष्टिम्की मनाउन लागिएको हो। मूल आयोजक समितिका संयोजकसमेत रहेका शिव चौधरीका अनुसार थारुहरुको सँस्कृति प्रवर्द्धनका लागि अष्टिम्की मनाउन लागिएको हो। सोमबार विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा अष्टिम्की मनाइने उनले बताए।

थारुवान संबाददाता

सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ। बिद्युत सर्ट हुँदा आगलागी भएको हलका सञ्चालक परशुराम चौधरीले जानकारी दिए। उनका अनुसार एक्कासि विद्युर्त सर्ट भएर आगलागी भएको थियो।

थारुवान संबाददाता

भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो। वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई-दुई प्रदेशमा लागू हुने देखिएको छ।

थारुवान संबाददाता

थारुहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाउने भएका छन्। भदौ १४ गते सोमलबार बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा पर्व मनाउने बर्दियाली थारु विकास मञ्चका सचिव दिनेश चौधरीले जानकारी दिए। अष्टिम्की पर्व सफल पार्नका लागि शिव चौधरीको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ।

थारुवान संबाददाता

सरकारले आगामी १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी एवं थारु समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गगरेको हो। यस वर्ष अष्टिम्की पर्व आउँदो सोमबार अर्थात् भदौ १४ मा परेको छ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले आज काठमाडौंको वसन्तपुर विद्रोह दिवस मनाएको छ। ६ वर्षअघि भएको टीकापुर घटनामा आजकै दिन कर्फ्यु लागेकै समयमा थारुहरुको रिसोर्ट, एफएम, पसल र घरहरु जलाइएको थियो। सोही दिनको सम्झनामा थारुहरुले विद्रोह दिवस मनाउँदै आएको छ। विरोध प्रदर्शनमा थारु युवाहले आज फरक नाराजसहित प्रस्तुत भए। युवा अभियन्ता...

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले काठमाडौंको वसन्तपुरमा विरोध सभा आयोजना गर्दै छ। टीकापुर घटनाको ६ वर्ष पुगेको अवसरमा विद्रोह दिवस रुपमा मोर्चाले विरोध सभा आयोजना गर्न लागेको मोर्चाको युवा संगठनका संयोजक सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ।

थारुवान संबाददाता

नेकपा एमालेभित्र द्वन्द्व चलेसँगै एउटा तस्बिर समाजिक सञ्जालमा खुबै ट्रोल बन्दै आएको छ। एमाले सचेतक एवं पार्टी अध्यक्ष केपी शर्मा ओली खेमामा रहेका शान्ता चौधरीको उक्त तस्बिरमा विभिन्न तर्क वितर्कसहित ट्रोल बन्दै आएको छ।

थारुवान संबाददाता