विशेष

थारूहरू आन्दोलनमा उत्रिसके, कोशीमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाइयोस् : अमनलाल मोदी

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्पत कोशी प्रदेशमा थारू भाषालाई छुटाइएको भन्‍दै सरकारी कामकाजमा लागू गर्न माग गरे। ‘कोशी प्रदेशले भाषा सम्बन्धी विधेयक ल्यायो। तर, थारू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा छुटाएको छ,’...

थारूवान

निर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्विकार गरेको छ। आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यता दिन अस्विकार गरेको स्रोतले जानकारी दिएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्षधरको भेलाले साउन १६ गते लालवीर चौधरीलाई अध्यक्षतामा सर्वसम्त चयन गरेको थियो। त्यसलगत्तै निर्वाचन आयोगमा अद्यावधिकका लागि...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधान विपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न भएको भन्दै उनले गंगाराममाथि कार्यान्वयनयोग्य प्रश्नहरू उठाउँदै कारबाहीको चेतावनी दिएकी हुन्। स्वास्थ्य समस्याका कारण केही समयदेखि पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकिरहेका बेला आफूलाई...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरेको छ। पार्टीको अनुशासन समितिले पेस गरेको उक्त प्रस्तावले बहुमत सदस्यहरू सहभागी भएको भेलाले पारित गरेको संयोजक रामलाल डंगौरा थारूले बताए। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्षबाट हटाएको हो। ‘बहुमत सदस्यको निर्णयबमोजिम उहाँ(अध्यक्ष)ज्युसँग स्पष्टीकरण सोधिएको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरीत रहेको बताएका छन्। बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए। अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले...

थारूवान

सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगललबार प्रहरी भेषमा आएका महिलाले पक्राउ गरे। त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका...

थारूवान

सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायमा प्रचलनमा रहेको ‘बरघर भलमन्सा’ प्रथालाई नियमन गरेर कानुनी मान्यता दिने प्रक्रिया अघि बढाएको छ । सरकारले प्रदेशसभा सचिवालयमा केही दिनअघि ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएर यस प्रथालाई नियमन गर्ने प्रक्रिया अघि बढाएको हो...

थारूवान

डिवी थारु ‘कविर’ वि.सं. २०५७ साउन २ गते नेपाल सरकारले अनुचित ऋण (सौकी) मिनाहासहित कमैया मुक्तिको घोषणा गरेको थियो। यही दिनलाई मुक्त कमैया दिवसको रूपमा नेपालको पश्चिम तराईका जिल्लाहरूमा मनाइन्छ। पुस्तौंदेखि चलेको कमैया प्रथाबाट मुक्त गरिएका कमैयाहरूको स्मृति र सम्मानमा यो दिवस मनाइन्छ। यसले राज्य, समाज र नागरिकहरूले दास...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड...

थारूवान

बर्दियाको बारबर्दिया नगरपालिका-१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उनकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन। यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ। मंगलबार बिहान भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उहाँको परिवारमा वज्रपात परेको छ। जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया...

थारूवान