ममता चौधरीको अविजित २२ रनले नेपाल विजयी
काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ४६ रनले पराजित गरेको छ। एसियाली खेलकुदअन्तर्गत दक्षणि कोरियाको युएनहुइ क्रिकेट रंगशालामा भएको खेलमा टिस जितेर मलेसियाले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै नेपालले ८८ रन बनायो।
जवाफी ब्याटिङ गरेको मलेसियाले १४.५ ओभरमा सबै विकेट गुमाउँदै ४२ रनमात्र जोड्यो।
नेपालका लागि ममता चौधरीले अविजित २२ रन बनाइन्। ममता चौधरीले थाइल्यान्डविरुद्धको खेलमा १७ रन बनाएकी थिइन्। त्यस्तै सीता रानामगरले १८, सरिता मगरले अविजित १२ र नेरी थापाले ४ रन बनाइन्। ओपनर शोभा आले ६ रनमै पेभेलियन फर्किएकी थिइन्।
पहिलो दिनको खेलमा नेपाल थाइल्यान्डसँग ६ विकेटले पराजित भएको थियो।
Facebook Comment