अध्यक्ष रञ्जितामाथि ससुरा लालवीर चौधरीको गम्भीर आरोप, गृहमन्त्रीलाई जवाफ दिन रोक्न खोजेको खुलासा

रेशम चौधरीका बुबा सांसद लालवीर चौधरीले आफ्नी बुहारी एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि गम्भीर आरोप लगाएकी छन्। अध्यक्ष रञ्जिताले गृहमन्त्री रमेश लेखकलाई सदनमा जवाफ दिन रोक्न खोजेको उनले आरोल गाएका हुन्।
नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउप्रति सरकारसँग जवाफ मागेको थियो। गृहमन्त्री लेखकले आजको प्रतिनिधिसभा बैठकमा त्यस विषयमा जवाफ दिने तालिका थियो। तर, रञ्जिताले आफूले आफ्ना पति रेशम चौधरीसँग कुरा मिलाइसकेको भन्दै गृहमन्त्रीलाई जवाफ दिनबाट रोक्न खोजेको उनको आरोप छ।
सांसद लालवीरले बिहीबार फेसबुकमा स्टाटस लेखेर उक्त कुराको खुलासा गरेका हुन्। ‘पार्टीका संरक्षक माननीय रेशमलाल चौधरीज्युलाई नागरिक हक अधिकार उल्लंघन गरी ५ घण्टा कारागारमा कैद गरिएको जवाफ हामीहरूले सम्मानित सदनमार्फत मागेकोमा आज २५ गते गृहमन्त्रीज्युले जवाफ दिने तयारीमा रहँदा पार्टी अध्यक्ष जवाफ दिनु पर्दैन, मैले संरक्षकज्युसँग कुरा मिलाइसकेको छु भन्नु कस्तो खालको षड्यन्त्र हो? यसको जवाफ पार्टी अध्यक्षज्युले दिनुपर्छ,’ सांसद लालवीरले भनेका छन्।
यसैबीच गृहमन्त्री लेखकले रेशम चौधरीको पक्राउबारे सदनलाई जानकारी गराएका छन्। उनले पक्राउमा सकारको कुनै पूर्वग्राह नभएको र घटनाप्रति दुःख भएको बताए। उनले एउटा कर्मचारीको अविवेकले उक्त घटना घटेको बताए।
Facebook Comment