नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्।

प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।

रानाले आजमात्रै सामाजिक सञ्जालमार्फत नाउपाबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले नाउपा अध्यक्षलाई सम्बोधन गरेर पार्टीमा नैतिकता र राजनीतिक संस्कार नदेखिएको आरोप लगाएका छन्।

नाउपाले स्थापनाको मूल मर्म र उद्देश्य विपरीत परम्परागत संसदीय दलहरूको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तीकृत समुदायको विश्वासमाथि कुठाराघात गरेको आरोप लगाएका छन्। उनले नाउपा समुदायप्रति इमान्दार पनि हुन नसकेको बताएका छन्। ‘मैले इमान्दारितासाथ जनताको अधिकारका पक्षमा लड्दै आइरहेको छु। तर, पार्टीका पछिल्ला गतिविधिहरूका कारण नैतिकता र राजनीतिक इमान्दारित र संस्कारका कारण पार्टीमा बसिराख्न उचित नहुने ठाने,’ उनले राजीनामा पत्रमा लेखेका छन्।




One thought on “नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश

  1. स्वार्थपूर्तिकोलागि पहिचान र अधिकारलाई लात हान्दै
    आत्म समर्पण गर्नेको सूचीमा फेरी एकजना कथित
    थारु नेता थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *