सांसद भगवती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’को सम्मान

नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरी सम्मानित भएकी छन्। नेपाली महिला नेतृत्व र सशक्तीकरणको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको भन्दै उनलाई ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मान गरिएको हो।
अन्तर्राष्ट्रिय महिला संसदले दुबईमा विशेष आयोजना गरेको विशेष समारोहमा सांसद चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च मूल्यांकन गर्दै महिला अधिकार, समाजसेवा, उद्यमशिलता र नेतृत्व विकासमा उनले देखाएको सक्रियतालाई उल्लेख गरिएको थियो।
अवार्ड प्रदान समारोहमा प्रोजेक्ट १०० की अध्यक्ष म्कोनडिवा र अन्तर्राष्ट्रिय महिला संसदकी अध्यक्ष मनिता घिमिरेले संयुक्त रूपमा चौधरीलाई सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा चौधरीले यो सम्मान सम्पूर्ण नेपाली महिलाहरूको नाममा स्वीकार गरिन्। ‘म यो सम्मानलाई मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली महिलाको सामूहिक यात्रा र उनीहरूको संघर्षको प्रतीकको रूपमा लिन्छु। महिलाको आवाज र पहिचान अझ सशक्त रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न म निरन्तर क्रियाशील रहँदै आइरहेकी छु र यसले झनै ऊर्जा दिएको छ,’ उनले भनिन्।
Facebook Comment