झुम्की प्रोडक्सन्सले ‘म्युजिकल लभ स्टोरी’ म्युजिक भिडियो ल्याउँदै

झुम्की प्रोडक्सन्स व्यानरले नेपालको विभिन्न पुर्वी लहान, पोखरा, मुस्ताङ तथा जोमसोमजस्ता रमणीय ठाउँहरूमा छायांकन गरेको छ l गीतको फर्स्ट लुक तथा पोस्टर सार्वजनिक भएको छ।

अरूण आर्यण चौधरीको प्रस्तुति तथा झुम्की प्रोडक्सनस र सेविल इन्टरटेन्मेन्टको संयुक्त सहकार्य रहेको गीतमा विवेक चौधरी र अनु चौधरीको सुमधुर आवाजमा सजिएको छ साथै संगीत तथा गीत संयोजन विवेक चौधरीले गरेका छन्।

हरेकको जीवनको आफ्नै एउटा छुट्टै बाटो हुन्छ। यस नयाँ थारु म्युजिक भिडियो ‘जिङ्गी के डगर’ (जीवनको बाटो) पनि माया,प्रेम, संघर्ष तथा सफलता को यस्तै एउटा कथा हो। प्रेम कथा र मार्मिक भावनाले भरिएको साथै जीवनको यात्रा र यसका रंगहरू समेटिएको कथा प्रस्तुत गरिएको छ।

मधु र नवनीत अभिनित भिडियो को निर्देशन शिव चौधरीले गरेका छन भने छायांकन उत्कृष्ट छायांकार रमेश चौधरीले गरेका छन्। गीतको म्युजिक भिडियो छिट्टै झुम्की प्रोडक्सन्न युट्युव च्यानलमा सार्वजनिक हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *