रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ।

आज अबेर रातिसम्म मनोनयन दर्ता हुने र भोलि विहान निर्वाचन हुने कार्यतालिका रहेको आयोग प्रमुख केसीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *