रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीमा आचार्य निर्वाचित भएका रास्वपाका प्रवक्ता मनिष झाले बताए।

नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोही पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताए। महाधिवेशन सम्पन्न गर्दै गर्दा पार्टी थप संस्थागत हुने दिशामा अगाडि बढेको उनले बताए।

आचार्यले पार्टीलाई अझ बढी पारदर्शी, विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राखे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *