यो सरकार पुराना भन्दा पनि पछि परिरहेकोमा चिन्ता छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि नेपालको राजनीति सहज नभइसकेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ हाराहारीको सरकार बने पनि नेपालको राजनीति सहज रुपमा अगाडि नबढीरहेको बताए ।

उनले देशमा नयाँ र पुरानाको कुरा उठे पनि नयाँ पार्टी नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरे अनुसार काम नभएको बताएका छन् । उनले यो सरकारप्रति जनताको आशा अपेक्षा धेरै भए पनि सरकारका क्रियाकलाप त्यस अनुसारको नभएको बताए । उनले सरकारका कामबाट एकपछि अर्को नकारात्मक उदाहरण बन्दै गएको समेत टिप्पणी गरेका छन् ।

उनले सरकारको सकुमबासी प्रकरण, ट्रेड युनियन अधिकार, विद्यार्थीसँग सम्बन्धित कुरा र नेपालको भौगोलिक सीमानासँग सम्बन्धित कुरा होस् वा राष्ट्रिय स्वाधिनताको सवालका कुरा हुन् जनता झनपछि झन झस्किएको अवस्था रहेको बताए । उनले सरकारले राम्रो गर्ला भनिरहेका बेला अझ कतिपय बेला त पुराना भनिएकाहरु भन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता परेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *