ट्रक ठोक्किँदा मोटरसाइकलमा आगो लागेपछि…

मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत सेतीदोभानमा मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

प्रहरीका अनुसार घाइते हुनेमा लमजुङको राइनस गाउँपालिका-४ का ५० वर्षीय बलराम पराजुली र गोर्खाको सिराञ्चोक गाउँपालिका-१ का २० वर्षीय प्रशान्त घिमिरे रहेका छन्। घाइते दुवै जना मोटरसाइकलमा सवार व्यक्ति हुन्।

घाइते दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ६ ख ४०९२ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। ट्रकको भने अगाडिको भागमा कुच्चिएर क्षति पुगेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *