राहत र उद्धार सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँदै
राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत र उद्धार सामग्री लिएर आउन लागेको हो।
नेपाल सरकारको आग्रहमा भारतले उद्धारसहितको राहत सामग्री पठाउन लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजमात्र प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संबाद गरेका थिए। उनले सबै प्रकारका सहायता दिन भारत तयार रहेको प्रतिबद्धता गरेका थिए। सोही प्रतिवद्धता बमोजिम भारत सरकारले राहत र उद्धारको सामग्री पठाइएको हो।
भारतले यसअघि २०७२ सालको भूकम्पका बेला पनि उद्धार टोली पठाएको थियो। त्यो टोलीले रसुवलगायत क्षेत्रमा उद्धार कार्य गरेको थियो।
बुधबार भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। हालसम्म ७२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comment