बिज्ञान-प्रबिधि
फेसबुक र ट्वीटरको प्रतिस्पर्धा
फेसबुक र ट्वीटरबीच पहिले साथीको सम्बन्ध थियो। तर, अहिले दुईबीच प्रतिस्पर्धा नयाँ हिसाबले अघि बढेको छ। फेसबुकले खरिद गरेको फोटो सेयर गर्न प्रयोग हुने इन्स्टाग्रामलाई लिएर दुईबीच प्रतिस्पर्धा चर्किएको हो। इन्स्टाग्रामका फोटो ट्वीटरभित्रैबाट सेयर गर्न नमिल्ने गरी फेसबुकले रोकेपछि ट्वीटर नयाँ विकल्प दिन तयार भएको हो।
थारूवानआजभोलि मोबाइलको काम कुरा गर्नेमा मात्र सीमित छैन। गोजीमा हुने मोबाइलले तपाईंका धेरै आवश्यकता पूरा गर्ने क्षमता राख्छ। तर यसका लागि चाहिन्छ स्मार्टफोन। स्मार्टफोनमा दुई वटा अपरेटिङ सिस्टम बढी चल्तीमा छ, आइओएस र एन्ड्रोइड। यी अपरेटिङ सिस्टममा तपाईंले आफूलाई आवश्यकता परेको अनुसारको आयप्स इन्स्टल गर्न सक्नुहुन्छ। यो हप्ता हामी...
थारूवानफेसबुकमा तपाइंका मित्र कति छन्? फेसबुकको सञ्जालमा धेरै साथी हुनुलाई सामाजिक सञ्जालमा गतिलै उपस्थिति भन्ने लाग्छ भने गलत हुनसक्छ। फेसबुकमा धेरै साथी हुनु भनेको लोकप्रिय हुनुमात्र होइन, यो तनावको भारिसमेत् हो। बेलायतमा भर्खरै गरिएको एक अनुसन्धानले फेसबुकको सञ्जालमा धेरै साथीहरू हुनेहरू अरूभन्दा बढी तनावमा रहने गरेको देखाएको छ।
थारूवानकाठमाडौं- नेपाल टेलिकमले काठमाडौँ उपत्यकामा द्रुत गतिको ब्रोडब्यान्ड वाइम्याक्स इन्टरनेट सेवा यही कात्तिक २७ गतेदेखि सञ्चालन गर्न लागेको छ। टेलिकमका अनुसार वाइम्याक्स सेवा प्रथम चरणमा उपत्यकाका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्ध सरकारी र गैर सरकारी निकायलगायतका सङ्घसंस्थालाई वितरण गरिने छ।
थारूवानएजेन्सी- भारतीय मूलका सबिर भाटियाले विश्वकै पहिलो फ्री इमेल सेवा हटमेल शुरु गर्दा कम्ता चमकदमक थिएन। विश्व सुन्दरी ऐश्वर्या रायसित समेत उनले डेटिङ गर्न भ्याए। त्यतिखेर हटमेल साह्रै हट भएकैले माइक्रोसफ्टले समेत आँखा लगायो। बिल गेट्सको कम्पनीले किनेको केही वर्षसम्म पनि हटमेललाई कसैले आँखा लगाउन सकेन। आफ्नो फरक विशेषताकै...
थारूवानलन्डन, बीबीसी – बालबालिका एवं किशोरकिशोरीले अचेल पोर्न (अश्लील) वेबसाइट हेर्नु सामान्य भएको छ । यसले गर्ने अनेक खाले नोक्सानीमा सबभन्दा ठूलो यौनबारे विकृत दृष्टिकोण उत्पन्न गर्नु हो। हुर्किंदै गरेका बालबालिकाको आमाबुवाका लागि यो समस्या टाउको दुखाइ बनेको छ । कसरी, कति र कहिले बच्चामाथि रोक लगाउनेबारेमा अभिभावक अन्योलग्रस्त हुने...
थारूवानगोलबजार- ह्याकरले पाँच हजार कल फ्रि पाउनुभयो भनेर एनटिसी मोबाइलमा सन्देश आएपछि उपभोक्ता हैरान भएका छन्। ह्याकरले भारतीय नम्बरबाट पाँच हजार कल फ्रि भनेर सन्देश हिजोबाट नै पठाउने गरेको कारण एनटिसीका उपभोक्ता हैरान छन्। ‘तपाइँ जित्नु भएकामा धन्यवाद तपाइँले तुरुन्तै यो नम्बरमा फोन गर्दा पाँच हजार कल फ्रि पाउनुहुन्छ,’...
थारूवानएजेन्सी- स्मार्टफोनको दौडमा एप्पल र सामसुङले निकै पछाडि छाडिसकेको नोकियाले आफ्नो पुरानो साख फर्काउने उद्देश्यका साथ नयाँ विन्डोज स्मार्टफोन बजारमा ल्याएको छ। चार इञ्चको डिस्प्ले र पाँच मेगापिक्सेलको क्यामेरामा नोकिया म्याप्ससहित लुमिया ५१० मोडल नम्बरको यो स्मार्टफोनको भाउ बजारमा दुई सय डलर पर्ने बताइएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश